बेइजिङ्ग २२ चैत । दक्षिणपश्चिम चीनमा शनिबार १ सय मिटर गहिराईमा एक बस खस्दाँ २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३ व्यक्ति घाइते भएका राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
पहाडी सडकमा गईरहेको सो बसमा २४ जना यात्रु सवार रहेका सिन्ह्वा समाचार समितिले जनाएको छ । घातक सडक दुर्घटनामा चीनमा एक गम्भीर समस्याको रुपमा रहेको छ ।
सन् २०१४ को पहिलो १० महिना भित्रमा चीनमा भएको सडक दुर्घटनामा ८७ हजार २०० सय व्यक्तिको मृत्यु भएको बताइएको छ । सो अवधिमा करिब ४ लाख २६ हजार दुर्घटनाहरु भएका थिए ।
सो सङ्ख्या सन् २०१३ को सोही अवधिको तुलनामा १.९ प्रतिशतले बढेको बताइएको छ । गत बर्षको जुलाई महिनामा मध्य चीनमा भएको एक सडक दुर्घटनामा ४३ व्यक्तिको मृत्यु भएको थियो ।
सडक दुर्घटनाको कारण हुने हताहतमा चीन विश्वको तेस्रो राष्ट्रको रुपमा रहेको जनाइएको छ । रासस/एएफपी














प्रतिक्रिया