३० आश्विन २०८३, शुक्रबार

पोखरा तथा भैरहवाबाट सिधै मलेसिया उडान गर्न अनुमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-Asia1

काठमाडौं, २२ चैत । सरकारले भैरहवा तथा पोखरामा निर्माणाधीन नयाँ विमानस्थलबाट सीधै मलेसिया उडान गर्न पाउने गरी अनुमति दिएको छ।

नेपाल सरकार र मलेसियाबीच शुक्रबार भएको हवाई सेवा सम्झौता पुनरावलोकनमा यस्तो अनुमति दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

उनका अनुसार हाल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै हुँदै हुने मलेसियन एअरको उडान निर्माणाधीन पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट पनि हुनेछ। नेपालका वायुसेवाले पनि नेपालको जुनसुकै विमानस्थलबाट मलेसियाको कुनै पनि विमानस्थलमा उडान गर्न सक्ने गरी दुईपक्षीय सहमति भएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।