१ कार्तिक २०८३, आइतबार

हिमानीले खोजिनन्, छोराछोरी पारसलाई खोज्दै भेट्न पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-shah

काठमाडौं, २१ चैत। थाइल्याण्डबाट नेपाल आएका पूर्वयुवराज पारस शाहले आफ्ना तीन छोराछोरीलाई भेट गरेका छन् ।

चण्डोलस्थित कुण्डलिनी क्लबको स्वीट रुममा बसेका पूर्वयुवराज पारसलाई भेट्न जेठी छोरी पूर्णिका, छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका गएका आजको समाचारपत्र दैनिकमा खबर छ ।

दिउँसो २ बजे पारसका छोराछोरी बाबुलाई भेट्न पुगेका थिए । परिवारका अन्य सदस्य नआए पनि छोराछोरी भेट्न आउँदा पारस निक्कै खुशी भएका थिए । भान्जा पार्थक सिंहको व्रतबन्धको भोजमा सहभागी हुन पारससहित पूर्वराजपरिवार शनिबार एउटा तारे होटलमा भेला हुँदै छन् ।