– घनश्याम पौडेल
अर्घाखाँची, २० चैत । अर्घाखाँचीको धातिवाङ्ग गाविसमा वर्षैपछि मोटरबाठटो पुगेको छ ।
धातिवाङ्गको वडा नं. ६ ढाब देखी र वडा नं. ७ बोखर सम्मको मोटरबाटोको आज एक भव्य समारोहकाबीच उद्घाटन गरिएको छ । लु १ ख १५२३ नम्बरको गाडीलाईेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति मनिराम पौडेलले मोटरबाटोको रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
श्रीनगर जीप व्यवसायी संघका रुट सदस्य नरपती अधिकारीले धातिवाङ्गको प्रत्येक वडामा जीप सञ्चालनमा आउनु खुशीको कुरा भएको बताउनुभयो । दैलो दैलोबाट गाडी हिड्न थालेपछी विरामी पर्दा समस्या नपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसको तर्फबाट शोभाखर पौडेल, हरि पौडल नेकपा एमालेको तर्फवाट रविलाल पौडेल, हुमनाथ पौडेल, एमाओवादीका अध्यक्ष मित्रदेव पौडेल, थानेश्वर पौडेल लगायत हजार भन्दा बढी धातिवाङ्ग वासीहरुको सहभागिता थियो ।















प्रतिक्रिया