३० आश्विन २०८३, शुक्रबार

लघुउद्यमी व्यवसायीलाई आर्थिक अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaबाबियाचौर (म्याग्दी), २० चैत । म्याग्दीको ग्रामीण क्षेत्रमा सञ्चालित लघुजलविद्युत् परियोजनाद्वारा उत्पादित विद्युत्को प्रयोग गरी उद्यम, व्यवसाय गर्नेहरुलाई अनुदान उपलब्ध गराएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङद्वारा सञ्चालित दिगो ग्रामीण जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमले ग्रामीण क्षेत्रका पाउरोटी, टेलरिङ, कुखुरापालन, कम्प्युटर, मसला, मासु, मोबाइल, फर्निचरलगायत व्यवसायलाई सहयोग गरेका हुन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गत वर्ष २० जनालाई रु १० हजारका दरले व्यवसाय सुधारका लागि अनुदान सहयोग गरेको थियो । यो वर्ष दिगो ग्रामीण जीविकोपार्जन प्रवद्र्धन कार्यक्रममार्फत यस वर्ष १५ लघुजलविद्युत् परियोजनामा आधारित उद्यम–व्यवसायलाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको कार्यक्रम संयोजक शालिकराम शर्माले बताउनुभयो ।

थप ५० लघुजलविद्युत्मा आधारित उद्योगलाई अनुदान सहयोगका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सिफारिस गरिएको छ । यसैगरी ती उद्योग–व्यवसायको सुधारका लागि उपकरण खरिद गर्न व्यक्तिगतलाई ३० र सामूहिकलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ । दिगो ग्रामीण जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमअन्तर्गत सात लघुजलविद्युत् परियोजना मर्मतका लागि रु चार लाख ५५ हजार सहयोग गरिएको छ । रासस