काठमाडौं, २० चैत । पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा तीनतले घर बनाएका छन् ।
नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिंहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् ।
प्रहरीले ५० वर्षका सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षका सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले कुमारीपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध शाखा ललितपुरका प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले ३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए ।
‘पाकेटमारीबाटै आफूले ७०–८० लाख रुपैयाँ कमाएका सिंहले बताएका छन्,’ इन्सपेक्टर चन्दले भने, ‘कति पटक पाकेट मारेँ भने आफूलाई याद नभएको पनि सिंह बताएका छन् ।’
बेलाबेला भारतबाट ज्याकेट ल्याएर नेपालमा बेच्ने भएपनि आम्दानीको मुख्य स्रोत पाकेटमार नै रहेको प्रहरीले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया