१ कार्तिक २०८३, आइतबार

सुवास निरालाले ७० करोड झ्वाम पारेकै हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Niraulaकाठमाडौं, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा ७० करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।

विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले समय अभावका कारण बिहीबार पेस भएको आरोपपत्र दर्ता गर्न नसकिएको बताए ।

‘ठूलो आकारको बिगो र प्रतिवादीको संख्या धेरै भएकाले समय व्यवस्थापन गर्न सकिएन’, लामिछानेले भने, ‘शुक्रबार दर्ता गर्ने कुरा भएको छ ।’ अख्तियार स्रोतका अनुसार केही सचिव, सहसचिवलगायतलाई प्रतिवादी बनाइएको छ ।

पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गरेको कान्तिपुर दैनिकले छापेको छ ।

वैदेशिक अध्ययन, पर्यटन प्रवर्द्धन, खरिद, भत्ता सुविधालगायत शीर्षकमा भ्रष्टाचार भएको भेटिएको निर्णयसहित लेखा समितिले थप छानबिन गरी कारबाहीका लागि अख्तियारमा फाइल पठाएको थियो ।

करिब ६ महिनाको अवधिमा अख्तियारले अनुसन्धान सम्पन्न गरेको हो ।