काठमाडौँ, १९ चैत । यही चैत २२ गतेदेखि २६ गतेसम्म श्रीलङ्काको कोलम्बोमा हुने १५ आँैं एसियाली ज्योतिष सम्मेलनमा नेपालबाट २७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
एसियाका ज्योतिषीको सङ्गठन एसियन एस्ट्रोलोजर कँग्रेस, दक्षिण एसियाका ज्योतिषीहरूको सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घ केन्द्रीय कार्यालय नेपाल र विद्यालोका ज्योतिष विद्यापीठ कोलम्बोको संयुक्त आयोजनामा कोलम्बोमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सम्मेलनमा विभिन्न देशमा २०० जना प्रतिनिधि सहभागी हुने जानकारी गराउनुभयो ।
ज्योतिषका विभिन्न विषयमा छलफल हुने सम्मेलनमा नेपालका तर्फबाट ज्योतिष विषयका समसामयिक पक्ष एवम् भावी गन्तव्य सम्बन्धमा डा. लोकराज बराल, वास्तुशास्त्र विषयका अनुसन्धानलगायतका विषयमा माधवमङ्गल जोशी, फलित ज्योतिष विषयमा आचार्य सन्तोष वाशिष्ठ र तन्त्र ज्योतिष सम्बन्धमा मिलनकुमार थापाले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । रासस














प्रतिक्रिया