आदेन, १९ चैत । दक्षिण–पश्चिम यमनको एक जेलमा रहेका सयौँ अल कायदा आतङ्ककारी बिहीबार त्यहाँबाट भागेका छन् ।
ती अल कायदा आतङ्कारीहरुमा एक उनीहरुका प्रमुख नेतासमेत रहेका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
यमनको हद्रामावट प्रान्तमा अवस्थित सो जेलमा रहेका अल कायदाका वरिष्ठ व्यक्तित्व खलिद बतार्फिसहित तीन सयभन्दा बढी आतङ्ककारी भागेका अधिकारीहरुले एएफपी समाचार समितिलाई बताएको छ ।
खालिद गत चार वर्षभन्दा बढी सयमदेखि सो जेलमा कैदी जीवन बिताउँदै आएका बताइएको छ । रासस/एएफपी














प्रतिक्रिया