१३ कार्तिक २०८३, शुक्रबार

चार बर्षपछि पूर्व युवराज पारस स्वदेश फर्किए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-shahकाठमाडौं, १९ चैत । थाइल्याण्डमा बस्दै आएका पूर्व युवराज पारस शाह झण्डै चार बर्षपछि विहीबार स्वदेश फर्किएका छन् । आज दिउँसो १ बजे उनी थाइ एयरको नियमित उडानबाट काठमाडौं ओर्लिएका हुन् ।

विगत लामो समयदेखि थाइल्याण्डमा लागूऔषध कारोबारको मुद्दा खेप्दै आइरहेका पूर्वयुवराज पारस गत मंगलबार मात्रै थाई अदालतले पारसलाई मंगलबार सफाइ दिएपछि जेलबाट छुटेका थिए ।

लागु औषधको अत्याधिक प्रयोगले गत फेब्रअरीमा अचानक वेहोस भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि सुधारगृहमा राखिएको थियो ।

सुधारकेन्द्रबाट चाङमाईबाटै लुङखाई जाने क्रममा पारसलाई प्रहरीले बीएमडब्ल्यू कारमा लागूऔषध सहित पक्राउ गरेको थियो । उनी बेला बेला थाइल्याण्डमा लागु औषध कारोवारको आरोपमा पक्राउ पर्दै आइरहेका थिए ।

वर्षौपछि पूर्व युवराज पारस घर फर्किएका पारसलाई निर्वल निवासमा भव्य रुपमा परिवारले स्वागत गरेका छन् । उनलाई स्वागत गर्न विमानस्थलमा केही समर्थक समेत पुगेका थिए ।

दिउँसो १ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिंदा टिसर्ट माथि सेतो ज्याकेट लगाएका उनी निकै हँसिला मोटाएको देखिए । उनलाई लिन परिवार विमानस्थल आउने भनिएपनि लिन कोही गएनन् ।