१३ कार्तिक २०८३, शुक्रबार

पूर्व युवराज पारस आज नेपाल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras_Shahकाठमाडौं, १९ चैत । थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह आज दिउँसो नेपाल आउँदैछन् ।

थाई अदालतले पारसलाई मंगलबार सफाइ दिएपछि आज दिउँसो १ बजे उनी थाइ एयरको नियमित उडानबाट काठमाडौं आउन लागेका हुन् ।

विगत लामो समयदेखि थाइल्याण्डमा लागूऔषध कारोबारको मुद्दा खेप्दै आइरहेका पूर्वयुवराज पारस गत मंगलबार मात्रै थाइल्याण्डको जेलबाट छुटेका थिए ।

लागु औषधको अत्याधिक प्रयोगले गत फेब्रअरीमा अचानक वेहोस भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि सुधारगृहमा राखिएको थियो ।

सुधारकेन्द्रबाट चाङमाईबाटै लुङखाई जाने क्रममा पारसलाई प्रहरीले बीएमडब्ल्यू कारमा लागूऔषध सहित पक्राउ गरेको थियो । उनी बेला बेला थाइल्याण्डमा लागु औषध कारोवारको आरोपमा पक्राउ पर्दै आइरहेका थिए ।

वर्षौपछि पूर्व युवराज पारस घर फर्किन लागेपछि निर्वल निवासमा भव्य तयारी थालिएको छ । पूर्व राजपरिवारका सदस्यले भोली दिउँसो विमानस्थलमै पारसलाई स्वागत गर्ने कार्यक्रम रहेको निर्वल निवासले जनाएको छ ।