१ कार्तिक २०८३, आइतबार

मनमोहनका नाममा खोल्दा किन विरोध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav_Kumar_nepalकाठमाडौं, १९ चैत । ‘बिपीका नाममा अस्पताल खोल्न पाइन्छ भने मनमोहनका नाममा खोल्दा किन विरोध ?’ भनाइ हो, सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको नाक, कान, घाँटी विभागमा बुधबार आफन्त भेट्न पुगेका नेपालले अस्पतालका आवासीय चिकित्सकहरूसँग आक्रोशित हुँदै मनमोहन मेडिकल कलेजले सम्बन्धन पाउनुपर्ने पक्षमा वकालत गरेका हुन्।

उनलाई शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले सामूहिक रूपमा डा गोविन्द केसीका मागका विषयमा प्रश्न तेर्स्याएका थिए। एमालेका वरिष्ठ नेता नेपाल मनमोहन मेमोरियलका संस्थापक सेयर सदस्य हुन्। उनको सदस्यता नम्बर ४ सय ३३ हो।

‘चिकित्सा शिक्षा नीति नबनी सम्बन्धन पाउनुहुन्न भनेको बेला एमालेका १ सय ४६ सभासदले मनमोहनको सम्बन्धनका पक्षमा हस्ताक्षर किन बुझाएर’ विद्यार्थीले नेता नेपालसमक्ष जिज्ञासा राखे।

जवाफमा नेपालले कड्किँदै भने, ‘मनमोहनले पाउनुहुँदैन भन्ने मान्यता के ? बताउनुस् त मलाईरु नम्बर १ के कारणले पाइन्न तरु अरू मेडिकल कलेज (देवदह र विराट) लाई सम्बन्धन दिदा नीति नचाहिने, मनमोहनलाई दिदा नीति चाहिनेरु क्वालिटी मेन्टेन गरेको छैन भने सम्बन्धन पाउनुहुन्न, मापदण्ड पूरा गरेकाले पाउनुपर्छ।’

उनले डा केसीका जायज माग सम्बोधन गर्नुपर्ने तर एकतर्फी रूपमा मनमोहनको विरोध गर्न नहुने बताएको नागरिक दैनिकले छापेको छ ।
‘केसीका भनाइ जायज छन्, तर केस बाई केस हेर्नुपर्छ’, उनले भने, ‘बिपीको प्रशंसा गर्ने हो भने मनमोहनको पनि गर्नुपर्छ, मनमोहनको, पुष्पलालको विरोध गर्न पाइन्न।’

एघार दिनदेखि आमरण अनशनमा रहेका डा केसीका माग पूरा गर्ने क्रममा मंगलबार बसेको मन्त्रिपरिषद आकस्मिक बैठकले चिकित्सा शिक्षा नीति र कानुन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ।

यो निर्णयअनुसार प्रस्तावित मनमोहन मेमोरियल, काठमाडौं नेसनल, पिपल्स डेन्टल र नेपाल प्रहरीले तत्काल सम्बन्धन नपाउने भएका छन्।

यसअघि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले समेत आफ्नो ‘प्राज्ञिक र भौतिक क्षमताले नधान्नेु भन्दै थप मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गर्दै आएको छ।

मन्त्रिपरिषद र आइओएम फ्याकल्टी बोर्डको निर्णयविपरीत वरिष्ठ नेता नेपालले मनमोहनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

यो कलेजले मापदण्ड पूरा गरेको भन्ने उनको दाबी पनि मिल्दैन। भौतिक पूर्वाधार राम्रो भए पनि यसको प्राज्ञिक क्षमता (फ्याकल्टी) पूरा छैन। बिरामी संख्या पनि मापदण्डको अनुपातमा कम छ।

विद्यार्थीहरूले राखेको ‘मेडिकल कलेज सम्बन्धनमा राजनीतिकरण भयो निु भन्ने जिज्ञासामा नेपालले भने, ‘केसीको केस आफ्नो ठाउँमा ठिक छ, तर सम्बन्धनको केस पनि सम्बोधन हुनुपर्छ, यसमा राजनीतीकरण गर्नु ठिक होइन। एकतिर केसीको स्वास्थ्य स्थिति खतरामा छ, अर्कातिर देशको अवस्था पनि ठिक छैन, यो सबै स्थिति राम्ररी हल गर्नुपर्छ।’

उनले शिक्षा मन्त्रालयबाट मनसायपत्र पाएर लगानी गरिसकेपछि त्यसको ब्याज तिर्नुपर्छ भन्नेमा संवेदनशील हुन सबैलाई आग्रह गर्दै एकोहोरो रूपमा जान नहुने बताए। मनसायपत्र र सम्बन्धन दिने निकाय दुवै अलगअलग हुन्।

जथाभाबी मेडिकल कलेज नखुलोस् भनेर ‘चेक एन्ड ब्यालेन्स’ निम्ति यस्तो व्यवस्था गरिएको हो। कुनै पनि कलेजले मनसायपत्र लिएको छ भन्दैमा सम्बन्धन पाउनुपर्छ भन्ने ग्यारेन्टी हुँदैन। त्रिविबाट जारी सूचनामा समेत यो उल्लेख छ।

नेता नेपालको कुरा सुनेलगत्तै विद्यार्थीहरूले सामूहिक रूपमा ‘नेपालमा अहिले आउन लागिरहेका कुनै पनि मेडिकल कलेज र सञ्चालनमा रहेका अधिकांश कलेजले मापदण्ड र पूर्वाधार पूरा नगरेको बताए।

त्यसपछि विद्यार्थीहरूले भने, ‘माफियाकै कारण नराम्रा कलेज खुलेका छन्, फेरि पनि नराम्रा कलेज आउनु गलत होइनर’
जबाफमा नेपाल ‘माफियाको सञ्जाल तोड्नुपर्छ, त्यसमा मेरो साथ रहन्छु भन्दै बाहिरिएका थिए।