पोखरा, १८ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरका लागि पोखराबाट कर्मचारी सञ्चयकोषका सात हजार सञ्चयकर्ताले निवेदन दिएका छन् ।
गत फागुन ११ देखि चैत १६ गतेसम्म खुलेको निवेदनमा सेयरका लागि सञ्चयकर्ताको करिब रु ६५ करोडको निवेदन परेको राष्ट्रिय वाणिज्य बैंक महेन्द्रपुलका शाखा प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिनुभयो । बैंकको सो शाखाले निवेदन सङ्कलनका लागि जिम्मेवारी पाएको र निवेदक सञ्चयकर्ताहरुले न्यूनतम ५० देखि पाँच हजार कित्ता सेयर पाउन फारम भरेको उहाँले बताउनुभयो ।
बैंकका शाखा रहेका सबै जिल्लाबाट सेयरका लागि निवेदन सञ्चयकर्ताहरुको फारम सङ्कलन गर्ने गरिएको थियो । करिब रु १८ अर्ब १३ करोडको निवेदन परेको पनि सो शाखाले जनाएको छ । रासस















प्रतिक्रिया