३० आश्विन २०८३, शुक्रबार

मेगा बैंकले ल्यायो धमाका बोनान्जा खाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mega-bank

काठमाडौं, १८ चैत । मेगा बैंक नेपाल लिमिटेडले मेगा धमाका बोनान्जा मुद्दति खाता संचालनमा ल्याएको छ ।

यो योजनाअन्र्तगत ६५ दिने र १२० दिने दुई वटा अफर छन् । ६५ दिने मुद्दति खातामा ६ प्रतिशत बार्षिक ब्याजको रकम ६५ दिनमा भुक्तानी पाइन्छ । यसैगरी, १२० दिने मुद्दति खाता खोलेमा ६.५ प्रतिशत बार्षिक ब्याजको भुक्तानी १२० दिनमै पाइनेछ । मुद्दति निक्षेपको अवधि समाप्तीस‘गै सांवा तथा ब्याजको रकम आफ्नो ब्याज आर्जित खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ । न्यूनतम मौज्दात दुई लाख रुपैंया रहेको यो योजना व्यक्तिगत खाताका लागि लागू हुने बैंकले जनाएको छ ।

यसैगरी, ग्राहकले निःशुल्क रुपमा एससीटी डेबिट कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा प्राप्त गर्न सक्नेछन् । यस खाता खोल्ने ग्राहकले निक्ष्ँेपको ९० प्रतिशतसम्म ओभरड्राÏट सुविधा पाउनेछन् । यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ ।

“हलोदेखि हाइड्रोसम्म” लाई मुख्य नारा बनाएको मेगा बैंकले आगामी दिनमा पनि यस्तै लोकप्रिय खाता संचालनमा ल्याउने तयारी गरेको छ ।