नयाँदिल्ली, १८ चैत । राज्यको नेतृत्व गर्ने नेता, विशिष्ट व्यक्तित्वहरुको सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै अब मन्त्रीको सुरक्षाका लागि कुकुर खटाउने तयारी थालिएको छ ।
भारतको जम्मू–कश्मीर स्थानीय सरकारले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आफ्नो राज्यमा कुकुर खटाउने निर्णय गरेको हो । जसअनुसार प्रतयेक नेताको घरमा पाँच/पाँच कुकुर खटाईने छन् ।
भारत र पाकिस्तानको सीमाक्षेत्र तथा आतंकवादी माओवादीको किल्ला मानिने उक्त क्षेत्रमा पछिल्लो समय सुरक्षा जोखिम बढेकाले मन्त्रीको सुरक्षार्थ कुकुर खटाउने तयारी थालिएको छ ।
जसमा कुकुरले मन्त्री घर वरपर पाँच किलोमिटर सम्म आक्रमण हुने स्थितीको अगाडी नै संकेत दिने छ । यस्ता कुकुरहरु अमेरिकाबाट ल्याइएको हो । मन्त्रीसँगै सभाषद्को सुरक्षार्थ पनि कुकुर खटाइने जनाइएको छ । एजेन्सी














प्रतिक्रिया