२९ आश्विन २०८३, बिहिबार

गजनीमा बम विस्फोट, एक परिवारका सात सदस्यको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-blastगजनी (अफगानिस्तान), १७ चैत । अफगानिस्ताको पूर्वी प्रान्त गजनीमा सोमबार राति सडक किनारमा रहेको एक बम विस्फोटमा परी एकै परिवारका सात व्यक्तिको मृत्यु भएको छ ।

बजारमा किनमेल सकिएर एक मिनिभ्यानमा आफ्नो घरतर्फ फर्किरहहेका एकै परिवारका सदस्यहरुको विस्फोटक पदार्थ विस्फोटनमा परी मृत्यु भएको गजनी प्रान्तका प्रान्तीय प्रवक्ताले बताउनु भएको छ ।

तालिवानी आतङ्ककारी समूहले विस्फोट गराउन योजना गरेको सो बम विस्फोटमा परी मृत्यु हुनेमा तीन बालबालिका, तीन महिला र एक पुरुष रहेका प्रवक्ता साफिक्युल्लाह नाङ्गले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

अन्दार प्रान्तका जिल्ला प्रमुख कासेम दिसीवाले सो विस्फोटनको पुष्टि गर्नुभएको छ । अन्दार जिल्लामा तालिवानी आतङ्ककारी समूहले हजारौँको सङ्ख्यामा बारुदी सुरुङ्ग राखी विस्फोटको योजना गरेका पाइएको थियो ।

अफगान सुरक्षाबले प्रत्येक दिन २० देखि ३० वटा बारुदी सुरुङ्ग निष्क्रिय पारेका उहाँले बताउनुभएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर अफगान सरकार र विदेशी बललाई लक्ष्यगरी यस प्रकारको आक्रमण तालिवानी आतङ्ककारी समूहले बारम्बार गराउँदै आएका हुनाले यस आक्रमणमा पनि ती आतङ्कारीकै हात रहेको प्रहरीको दाबी छ ।

अफागानिस्तानमा अफगान सुरक्षाबललाई लक्ष्यगरी गरिएका बम आक्रमणहरुमा भारी सङ्ख्यामा सर्वसाधारणको हताहत भएको छ । अफगानिस्तानमा सन् २०१४ मा सर्वसाधारणको हताहतको सङ्ख्या २२ प्रतिशत भएको बताइएको छ ।

गत वर्ष १० हजार ५४८ सर्वसाधारण हताहत भएका थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसवर्ष अफगानिस्तानमा बाँकी रहेका करिब पाँच हजार सैनिक पनि फिर्ता गर्ने गतहप्ता नै बताउनुभएको छ । रासस/एएफपी