नयाँदिल्ली, १७ चैत । रोजगारीको सिलसिलामा भारत गएका एक नेपालीको फरिदावाद सहरमा स्वाइन फ्लुका कारण मृत्यु भएको छ ।
रुकुमको शोेभा गाविस–३ का पुरन मल्लको स्वाइन फ्लुको संक्रमणबाट मृत्यु भएको अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।
मल्लको महिनादिन अगाडी मृत्यु भएपछि भर्खरैमात्र सार्वजनिक भएको हो ।
भारतमा छोरीहरु र श्रीमतीबाहेक अन्य आफन्तजन नरहेको हुँदा समाजको पहलमा उनको दाहसंस्कार गरिएको थियो । मृतक मल्लका श्रीमती र ४ छोरी छन् ।














प्रतिक्रिया