३० आश्विन २०८३, शुक्रबार

आसुस जेनफोन मोबाइलको मूल्य घट्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asus-zenfone-flipkart1काठमाडौं, चैत १७ । आसुस कम्पनीको जनफोन नामको मोबाइलको मूल्य २५ प्रतिशतले घटेको छ । विश्व प्रविधि बजारमा प्रतिस्पर्धा बढेसँगै ग्राहकलाई सर्वसुलभ सस्तो सेवा दिन आसुस कम्पनीले जनफोन मोबाइलको मूल्य घटाएको हो ।

विश्व प्रविधि बजारमा सर्वाधिक लोकप्रिय आसुसले बजारका उपभोक्तालाई लक्षित गरी प्रत्येक मोबाइलमा ३ हजार रुपैयाँ घटाएको जनाएको छ ।

१६ जीबी मेमोरी भएको स्मार्टफोन जेनफोन मोबाइलको मूल्यमा ३ हजार रुपैयाँ कटौती गरिएको हो । पहिलोपटक लञ्च गर्दा यो मोबाइलको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ थियो । तर, अहिले कम्पनीले घटाएर ९ हजार ९ सय ९९ रुपैयाँ मूल्य कायम गरेको हो ।

यो मोबाइल गतवर्षको जुलाईमा लञ्च भएको थियो । बजारमा आएको थियो । आसुस स्मार्टफोन जेनफोन ५ मा विभिन्न प्रविधियुक्त फङसन समेत उपलब्ध छन् ।

अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न मूल्य घटाइएको हो । आसुसका अनुसार नयाँ व्राण्डको मोबाइल बजारमा ल्याउन तयारी समेत गरिरहेको छ । आगामी नयाँ वर्षभित्र उच्च प्रविधियुक्त मोबाइल ल्याउन तयारी गरिरहेको आसुस कम्पनीले जनाएको छ । एजेन्सी