२९ आश्विन २०८३, बिहिबार

टर्कीस एयरलाइन्सको विमानमा बम राखिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airकाठमाडौं, १५ चैत । आकाशमा उडिरहेको टर्कीस एयरलाईन्सको एक विमानमा बम राखिएको थाहा पाएपछि आकस्मिक अवतरण गरिएको छ ।

इस्तानाबुलबाट साओपाउलोको लागि उडेको टर्किस एयरको बोइङ ७७७ विमानमा बम राखिएको प्रमाण भेटिएपछि मोरोक्को विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

विमानको शौचालयमा बम शब्द लेखेको कागज भेटिएपछि २ सय ५० यात्रु बोकेको विमान आकस्मिक अवतरण गरिएको टर्किस एयरले जनाएको छ ।

अहिले विमानको शौचालयमा प्रहरीले बम भए नभएको बारे थाहा पाउन चेकजाँच गरिरहेको छ । यात्रुहरुलाई विमानस्थलको सुरक्षित स्थानमा लगिएको छ । एजेन्सी