अर्घाखाँची, १६ चैत । पश्चिम नेपाल बस व्यबसायी संघ अर्घाखाँचीले आज सन्धिखर्क बाट भारतको नयाँदिल्ली सम्म सिधा बस सेबा सुचारु गरेको छ ।
हप्ताको तिन दिन अर्थात सोमबार बुधबार र शुक्रबार सुबिधा सम्पन्न बस यात्रुहरुको मागलाई पुरा गर्दै सञ्चालनमा ल्याउन लागेको पश्चिम नेपाल बस व्यबसाही संघका रूट ईन्चार्ज राम बहादुर बस्नेतले बताउनुभयो ।
यात्रुहरूको मागलाई ध्यानमा राखी भरप्रदो सुरक्षित यात्राका लागि दिल्ली बस सेबा सूचारु गरिएको पश्चिम नेपाल बस व्यबसायी संघले जनाएको छ । बससेवा सुरु भएसंगै अर्घाखाँचीवासी यात्रुहरुमा खुसियाली छाएको छ ।
अब दिल्लीबाट अर्घाखाँची आउने र अर्घाखाँचीबाट दिल्ली जाने यात्रुहरुले राहत पाउनेछन् भने अर्घाखाँची आउँदा सिमानामा नेपाली युवाहरु लुटिनुपर्ने समस्या कम हुने विश्वास गरिएको छ ।
















प्रतिक्रिया