काठमाडौं, १६ चैत । राजधानीको सुन्धारास्थित सीटीसी मलमा चैत २७ देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो २०१५ आयोजना हुने भएको छ ।
‘नझुक्याउने पक्का पर्ने’ ग्राण्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोको मुख्य आयोजक सीटीसी मोबाईल बजार रहेको छ । यस एक्स्पोको मुख्य प्रायोजक सामसुङ मोबाइल रहेको छ ।
माइक्रोम्याक्स, कलर्स र जियोनीले यसलाई सह–प्रायोजन गरेका छन् । यसैगरी, एक्स्पोको गोल्ड स्पोन्सर हुवावे मोबाइल रहेका छन् । त्यस्तै, ब्राउन्ज स्पोन्सरका लागि इन्टेक्स मोबाइल, आर्क मोबाइल, रेज मोबाइल र बिक्यु मोबाइलले साथ दिएका छन् ।
मोबाइल मेलाको को—स्पोन्सरमा स्पाइस, सोनी, पानासोनिक, कार्बन, वीनकम—फ्लाई, भिडियोकोन, डाइमण्डमोबाइल रहेका छन् । यसैगरि मोबाइल मेलालाई बर्ड र सेल्कन मोबाइलले सहयोग गरेका छन् ।
अहिले सम्म सबैभन्दा बढी मोबाइल कम्पनीहरुले प्रायोजनमा साथ दिएका कारण मेलाले ग्राण्ड सफलता प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको सिटिसी मोबाइल बजारले जनाएको छ ।
निशुल्क प्रबेशको ब्यबस्था गरेको यो मोबाइल एक्सपो चैत २७ देखि नयाँ बर्षको पहिलो हप्ताभर चल्ने सिटिसी मोबाइल बजारका अध्याक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो ।
हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशत सम्मको छुट अफर, हरेक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुटको ब्यबस्था स्क्र्याच कार्डमार्फत दिइने तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने, एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेश सँगै लक्की ड्र मा समाबेश गराइने ब्यबस्था मिलाइएको छ ।
एसएलसी दिएर बसेका बिद्यार्थीहरुले प्रबेश सँगै लक्की ड्र मा समाबेश हुन एसएलसी परीक्षाको प्रबेशपत्र अनिबार्य ल्याउनुपर्ने छ । मेला अबधीभर सिटिसी मलमा पार्किङको निःशुल्क ब्यबस्था गरिएको छ ।
अहिलेसम्मकै मोबाइल मेलाहरु मध्ये सबैभन्दा बढी उपहार तथाअफर रहेको यो सामसुङ मोबाइल एक्स्पोमा ३ लाखभन्दा बढी अबलोकनकर्ता आउने बिश्वास मोबाइल बजारले लिएको छ ।
सिटिसी मलको तेस्रो, चौथो र पाँचौ तल्लामा खुलेको सिटीसी मोबाइल बजारको ग्राण्ड ओपनिङको अबसर पारी गर्न लागेको यस सामसुङ मोबाइल एक्स्पो २०७१ मा १०० भन्दा बढी मोबाइल स्टल, फुडकोर्ट, ग्यामिङ जोन, बच्चाहरुलाई मनोरंजन गर्ने जोन र टच एण्ड फिलजोन पनि राखिने मोबाइल बजारले जानकारी दिएको छ ।
मेला अबधिभर नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेट तथा बिभिन्न एशोसरिजको कारोबार गरिने छ । मोबाइल क्षेत्रमा ख्याती कमाएका ब्यबशायीहरु मार्फते यस मोबाइल बजारमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री बितरण हुनेछन् ।
१ सय भन्दा बढि मोबाइल पसल तथा १७ भन्दा बढि सर्भिस सेन्टर रहनुनै यस बजारको मुख्य आकर्षण रहेको छ । कार्बन, पानासोनिक र सामसुङले आफ्नो सर्भिस सेन्टर खोलिसकेका छन् भने अन्य कम्पनी सर्भिस सेन्टर निर्माणको क्रममा रहेका छन् ।
ग्राण्ड ओपनिङको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले एसएलसी दिएर बसेका बिद्यार्थीलाई मोबाइल सहित बिशेष उपहार प्रदान गर्ने जानकारी दिएका छन् ।















प्रतिक्रिया