२९ आश्विन २०८३, बिहिबार

चर्चित गुरु रविशंकरलाई आतंकवादी आईएसको धम्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sri-sri-ravishankarनयाँदिल्ली । चर्चित अध्यात्मिक गुरु श्री श्री रविशंकरलाई आंतकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले धम्कीसहितको पत्र पठाएको छ ।

हाल मलेसियामा रहेका गुरु रविशंकरको ‘आर्ट ऑफ लीविंग’को मलेसियाई शाखालाई आईएसले पत्र पठाएर धम्की दिएको हो । यो खबर रविशंकरका सहयोगीले पुष्टि गरेका छन् ।

रविशंकरका साथी सहयोगी नकुलले भनेका छन्, ‘श्री श्री रविशंकर सुदूर पूर्वका केही देशहरुमा भ्रमण गरिरहेका छन्, र उनी भर्खरै मलेसिया पुगेका छन् । केही दिन पहिले उनी कम्बोडियामा थिए । हामीलाई आईएसबाट आएको धम्की पत्र मलेसियामा पाएका छौं ।’

धम्की पत्र रविशंकर बस्दै आएका होटल मालिक र आर्ट ऑफ लीविंगका निर्देशकलाई पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  पत्रमा धेरै धम्कीका शब्द प्रयोग गरिएको छ ।

आइएसले पठाएको धम्कीमा भनिएको छ-‘यदी तपाई नागरिकका कार्यक्रममा अगाडी बढ्नुभयो भने यसको परिणाम ठिक हुने छैन् ।’ रविशंकरका साथी सहयोगी नकुललका अनुसार धम्की पछि गुरु रविशंकरको सुरक्षा बढाइएको छ ।

धम्की पत्र कसरी आयो भन्ने बारेमा पनि मलेसीयन प्रहरीले खोजी सुरु गरेको छ । रविशंकरको आर्ट ऑफ लीविंगको तथा अन्य कार्यक्रममा १० हजार नागरिक सहभागि भएका थिए ।

मलेसियाको पेनांग सहरमा भएको कार्यक्रममा ७० हजारले भाग लिएका थिए । जसमा श्री श्री रंविशंकरको पनि सहभागि थिए ।