३० आश्विन २०८३, शुक्रबार

भारत र चीनमा वस्तुको निकासी घट्ने क्रममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-chinaविराटनगर, १५ चैत । ठोस नीतिको अभाव र समयमै समस्याको समाधान हुन नसक्दा भारत र चीनसँग वस्तुको निकासी घट्ने क्रममा रहेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा विराटनगरमा आयोजित निकासी व्यापारमा संलग्न संस्थासँगको अन्तक्र्रियामा सहभागीले वाणिज्य र औद्योगिक नीतिलाई व्यापारिक नीतिमा परिवर्तन गर्नुपर्ने, भारतसँग वाणिज्यसम्बन्धी बैठकमा व्यापारमा देखिएका समस्यालाई समाधानका लागि पहल गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए ।

सो अवसरमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भारतलगायतका मुलुकमा निकासी हुने वस्तुमध्ये ४१ प्रतिशत वस्तु पूर्वाञ्चलबाट निकासी हुने गरेको जानकारी गराउँदै उत्पादनदेखि बजारीकरणसम्म देखिएका समस्यालाई पहिचान गरी समाधान गर्नुपर्ने बताउनुभयो ।

सहायक प्रजिअ प्रेमप्रसाद लुईंटेलले खाद्यान निर्यात गर्ने मुलुक यतिखेर आयातमा निर्भर भएको उल्लेख गर्दै निकासीमूलक उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

मोरङ उद्योग सङ्गठनका कार्यबाहक अध्यक्ष मुकेश उपाध्यायले निकासीको स्तर गिर्दो अवस्थामा रहेको र जुटको निकासीमा भारतीय पक्षबाट उत्पन्न गरिएका कठिनाइका कारण मोरङ र सुनसरीका उद्योग बन्द भएमा २० हजार मजदुर बेरोजगार हुने स्पष्ट पार्नुभयो ।