काठमाडौं, १५ चैत । व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार साह तथा आफन्तका नाममा करिव १ अर्ब रुपैयाँको चलअचल सम्पत्ति फेला परेको छ ।
जनकपुर बम विस्फोटनका मुख्य योजनाकार साहको सम्पत्तिमा करिव १ वर्षदेखि सिआइबीले छानबिन गरिरहेको छ ।
गत वर्ष पर्साबाट फत्राउ परेका साहविरुद्ध ८ महिनाअघि सम्पत्ति शुद्धिकरणअन्तर्गत अनुसन्धान भइरहेको छ ।
उनको १५ वर्षअघिसम्म आर्थिक अवस्था सामान्य रहेको कारोबार दैनिकले छापेको छ ।















प्रतिक्रिया