१ कार्तिक २०८३, आइतबार

शक्तिशाली बालकोट सबै जान थाले तर नेपाल गएका छैनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepalकाठमाडौं, १५ चैत । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रमा कुनै कार्यकारी वा पदाधिकारीको जिम्मेवारी नपाएको बेलामा पनि प्रभावशाली नेताका रुपमा चिनिए ।

गत वर्ष माघ २१ मा एमाले संसदीय दलको नेता र यसैवर्ष असारमा पार्टी अध्यक्ष चुनिनुअघि उनी स्थायी समिति सदस्यमात्र थिए ।

एमालेबाट झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री बनिसके, उनका लागि त्यो अवसर अझै जुरेको छैन तर पनि लामो समयदेखि उनी प्रभावशाली नेता रहेको कान्तिपुर छैनिकले छापेको छ ।

यतिखेर त राष्ट्रिय राजनीतिमा उनको प्रभाव यसत विस्तार भएको छ कि प्रधानमन्त्री सुशील कोइरालासमेत परामर्शका लागि ओलीको निवास बालकोट नै पुग्न थालेका छन् । ओली, बिरामी छन् यो कसैबाट लुकेको छैन तर कोइरालाको स्वास्थ्थ पनि ठीक छैन ।

ओली २३ दिनपछि मुख्यालय बल्खु पुगेका छन् । यसअघि फागुन २१ मा वैकल्पिक केन्द्रीय सदस्यलाई सपथ गराउन त्यहा गएका थिए ।

यसबीच पार्टीको बैठक, छलफल उनले बालकोटमै चलाए । नेता माधवकुमार नेपाल भने बालकोटमा डाकिएका पार्टी बैठकमा गएका छैनन ।