आइतबार, ३ कार्तिक २०७६
DainikNepal.com
आइतबार, ३ कार्तिक २०७६

सडक नहुँदा अर्कै जिल्ला पार गर्नुपर्ने बाध्यता

दैनिक नेपाल २०७१ चैत १४ गते ११:२८

Road From Jomsom To Kagbeni With Dhaulagiriइलाम, १४ चैत । जिल्लाका अधिकांश गाविसमा सडक सञ्जाल विस्तार भए पनि दक्षिणी क्षेत्र साकफाराका बासिन्दा भने अझै पनि सडक अभावमा कष्टकर जीवन बिताइरहेका छन् ।

विकासको भरपर्दाे माध्यम सडक नहुँदा यस क्षेत्रका बासिन्दा सदरमुकाम आउनका लागि मोरङको मधुमल्ला हुँदै उर्लाबारीबाट आउनुपर्ने हुन्छ ।

बर्खायाममा बिरामी भएको बेला त झनै उनीहरूलाई सडकको असुविधाले सताउँछ । मोरङ जिल्लास“ग सिमाना जोडिएको सदरमुकामदेखि टाढाको यो गाउ“मा सडक जोड्न २०१३ सालदेखि नै पहल थालिए पनि अहिलेसम्म भरपर्दो मार्ग खुल्न सकेको छैन ।

उसबेला यस क्षेत्रका अगुवाले सडक खोल्न पहिलो पटक प्रस्ताव गरेको पूर्व गाविस अध्यक्ष नवलकेवी राई बताउनुहुन्छ । करिब २२ किलोमिटर खोला र जङ्गलबीचबाट चुरे पार गर्नु परेपछि बर्खायाममा पैदल हिँडेर तराई पुग्न पनि कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

बर्खामा सडक यातायात नहुने भएकाले उपभोग्य सामग्री हिउँदमानै ल्याएर जोहो गर्नुपर्ने बाध्यता उनीहरूको छ । साकफारावासीले यातायातको सुविधा उपभोगका लागि विभिन्न क्षेत्रबाट सडक खोल्ने प्रयास गर्दै आएका छन् ।

हिउँदयाममा मुस्किलले मावाखोलाको बाटो मोटर चले पनि बर्खायाममा त्यो बाटो गाडी चल्दैन । साकाफाराको दशमी हँुदै फुङनामबाट मधुमल्ला जोड्ने ३६ किलोमिटरको चुरे क्षेत्रको सडक सबैभन्दा छोटो हो ।

खोला, जङ्गल र चुरे क्षेत्रको कमसल जमिन भएकाले सानोतिनो रकमले स्थायीरूपमा मोटर चलाउन मुस्किल हुने स्थानीय बताउँछन् ।

स्थानीयवासीले मोरङको मधुमल्लाबाट रमितेखोला हँुदै आउने निर्माणाधीन सडक निर्माणका लागि पनि रकम खर्चेका छन् । “खोला र जङ्गल नपर्ने या क्षेत्रको सडकका लागि साकफारा र मोरङको रमिते खोला गाउ“का बासिन्दाले भर्खरै रु १३ लाख सङ्कलन गरेर सडक निर्माण गरेका छौँ,” स्थानीय दीपक श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित