१ कार्तिक २०८३, आइतबार

सरकारद्वारा नै निःशुल्क लागूपदार्थ वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drugsधरान, १४ चैत । मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउने लागूपदार्थ सरकारले नै वितरण गर्ने गरेको पाइएको छ ।

सरकारले देशका विभिन्न सरकारी अस्पताल र एनजीओमार्फत लागूपदार्थ प्रयोगकर्तालाई निःशुल्क रुपमा यस्तो औषधि वितरण गर्न थालेपछि यसको चौतर्फी विरोध सुरु भएको छ ।

देशभरका लागूपदार्थ प्रयोगकर्ताहरुलाई कुलतबाट छुटाउन गृह मन्त्रालय, स्वास्थय मन्त्रालय र कानुन मन्त्रालयको संयुक्त छलफलपछि मन्त्रिपरिषदको स्वीकृतिमा ओएसटी कार्यक्रममार्फत सरकारले मेथाडोन र बुप्रिनफिर्न नामक लागूपदार्थ वितरण गर्न सुरु गरेको छ ।

सरकारले एकातर्फ मानवस्वास्थ्यमा प्रतिकुल असर पर्ने अफिमबाट निर्मित मेथाडोन र बब्रुफिनफिर्न नामक औषधि बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ भने अर्कोतर्फ कानुनद्वारा प्रतिबन्धित यिनै औषधि देशका विभिन्न अस्पताल र एनजीओमार्फत वितरण सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।