२९ आश्विन २०८३, बिहिबार

विद्रोहीबाट ज्यान जोगाएर यमनका राष्ट्रपति साउदी अरेबियाको शरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAUDI-YEMEN-DIPLOMACY  युएई, १३ चैत । यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादी विद्रोहीबाट ज्यान जोगाउन साउदी अरेबियाको शरणमा पुगेका छन् ।

यमनमा उत्पात मच्चाइरहेको हुथी नामको सिया विद्रोह राष्ट्रपति हादीको नगरमा प्रवेश गरेपछि ज्यान जोगाउन साउदी अरेबिया पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्रोहीको आक्रमणबाट जोगिन राष्ट्रपति हादी विहीबार साउदी अरबको राजधानी रियाद पुगेको बीबीसीले जनाएको छ ।

विद्रोहीले सशक्त कारबाही थालेपछि यसअघि हादीले केही दिनअगाडी राजधानी साना छाडेका थिए । सानाबाट एदन शहर पुगेका हादी असुरक्षित भएपछि त्यहाँबाट भागेर साउदी पुगेका हुन् ।

बीबीसीका अनुसार राष्ट्रपति हादी समर्थक साउदी अरबले यमनमा विद्रोही समूहविरुद्ध भीषण सैन्य कार्वाही गरिरहेको छ । विद्रोहीले राष्ट्रपति भवन समेत आक्रमण गरेका छन् ।

राष्ट्रपति हादी भागेर साउदी अरेबिया पुगेपनि उनका रक्षा मन्त्रीलाई विद्रोहीले बन्दी बनाएको खबरहरु सार्वजनिक भएका छन् ।

यस्तै, पाकिस्तानले साउदी अरेबियाको क्षेत्रीय अखण्डताको संरक्षणका लागि तयार रहेको प्रतिबद्धता पाकिस्तानी रक्षामन्त्रीले जनाउनुभएको छ ।

उहाँले तर पाकिस्तान कुनैपनि देशसँग विवाद बढाउन भने नचाहेको बताउनुभएको हो । उहाँले सो धारणा पाकिस्तानको संसदमा शुक्रबार मात्र राख्नुभएको हो ।

yamanfinal3पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले पाकिस्तानी संसदमा जानकारी दिँदै शुक्रबार भन्नुभयो– अहिले नै पाकिस्तानले यमनका सिया विरुद्धको आक्रमणका लागि सेना पठाउने सोँचमा छैन ।

साउदी अरेबियाले यमनका राष्ट्रपतिमाथिको आक्रमणलाई निरन्तरता दिइरहेका यमनी सिया विद्रोहीमाथि हवाई आक्रमण सुरु गरेको छ ।

yeman-1साउदी अरेबियाले ती सिया विद्रोहीमाथिको कारबाहीका लागि पाकिस्तानको पनि साथको मागेको थियो । सोही समाचारको प्रतिउत्तरका रुपमा पाकिस्तानी रक्षामन्त्रीको यो भनाई आएको छ ।

पाकिस्तानी रक्षामन्त्री खवाजले त्यस्तो कुनैपनि देशबीचको विरोधका रुपमा पाकिस्तान सहभागी नहुने जानकारी दिनुभएको हो । उहाँले मुस्लिम राष्ट्रहरुबीचमा द्वन्द्व ल्याउने कुनैपनि काम पाकिस्तानले नगर्ने बताउनुभयो ।

हामी कुनैपनि किसिमको उत्तेजनामा आउन चाहन्नौँ र हामीले मुस्लिम राष्ट्रकाबीच द्वन्द्व बढाउन चाहन्नौँ– उहाँले भन्नुभयो ।

यमनका राष्ट्रपतिको सरकारका विरुद्धमा आक्रमण जारी राखेको त्यहाँको विद्रोही समूह सिया र हुथीका विरुद्धमा पाकिस्तानी सरकारले यमनमा हवाई आक्रमण गरेको छ ।