बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

गुल्मी महोत्सवको आयव्यय सार्वजनिक, ३७ लाख आम्दानी

दैनिक नेपाल २०७१ चैत १३ गते ९:५४

IMG_9659– अनिल खत्री
गुल्मी, १३ चैत । कृषि, पर्यटन र उद्योग व्यापारको प्रबद्र्धन गर्ने उद्देश्यका साथ तम्घासमा समपन्न दोस्रो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक तथा टिकटमा उपहारमा राखिएको मोटरसाईकल चिठ्ठा खोल्ने कार्यक्रम सम्पन्न भएको ।

गुल्मी उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको समग्र विकासको आधार कृषि, पर्यटन, उद्योग र ब्यापार’ भन्ने नाराका साथ गत फागुन २२ देखि चैत्र १ गते सम्म आयोजना गरेको महोत्सवको बिहिबार तम्घासको बालमन्दीरमा सम्पन्न एक कार्यक्रमकाबीच महोत्सवको आयव्यय तथा टिकटमा उपहारमा राखिएको मोटरसाईकल चिठ्ठा खोलिएको हो ।

कार्यक्रममा महोत्सव मुल आयोजक समितिका आर्थिक संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारीद्धारा प्रस्तुत आयव्ययमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाँको कारोवार भएको बताइएको छ ।

आम्दानी मध्ये ६९ लाख ५० हजार २ सय ६७ रुपैयाँ खर्च भएको छ । महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको छ । कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने बिभिन्न कार्यालय, आमा समुह, बिद्यालय, संघ संस्थालाई सम्मान पत्र एबं मायाको चिनो प्रदान गरिएको थियो ।

महोत्सवमा सबै भन्दा बढी सॉस्कृतिक कार्यक्रममा खर्च भएको छ भने सबै भन्दा कम खानेपानी व्यबस्थापनमा भएको प्रस्तुत आयव्ययमा उल्लेख छ । सॉस्कृतिक कार्यक्रममा १४ लाख खर्च भएको छ भने सबै भन्दा कम खानेपानी व्यवस्थापनमा १६ हजार खर्च भएको छ ।

महोत्सवमा टिकट उपहारमा राखिएको मोटरसाईकल उपहार पनि खोलिएको छ । महोत्सव स्थलमा प्रवेशका लागी काटिएका टिकट मध्येबाट ११ हजार ३ सय ५१ नम्बरको टिकटलाई मोटरसाईकल उपहार परेको छ । टिकट उपहार खोल्ने कार्यक्रममा यो समाचार तयार पार्दा सम्म उपहार परेको ब्यक्ती सम्पर्कमा नआएको आयोजकले जनाएको छ ।

टिकट उपहारमा परेको नम्बरको कुनै ब्यक्तीसँग भए एक हप्ताभित्र गुल्मी उद्योग वाणिज्य संघ गुल्मीमा सम्पर्क गर्न सकिने वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

दश दिन सम्म तम्घासमा चलेको महोत्सवमा विभिन्न औद्योगिक वस्तुहरुसँगै कृषि जन्य सामाग्रीहरुको १ सय ७० स्टलहरु रहेका थिए । महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोबार भएको बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो ।

महोत्सवमा ३ लाख भन्दा बढी दर्शकहरूले अवलोकन गरेको वाणिज्य संघ गुल्मीका सदस्य एबं टिकट संयोजक रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

महोत्सवमा आम्दानी भएको रकम गुल्मीमा अहिलेसम्म २/३ सय मानिसहरु अटाउने सभाहलको समस्या रहेकाले त्यो आम्दानी भएको रकमबाट सभाहल निमार्ण गर्ने र केही प्रतिशत अन्य सामाजिक कार्यमा खर्चिने बाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका बिभिन्न कार्यलयका कार्यलय प्रुमखहरुको सहभागिता रहेको थियो कार्यक्रम वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन महासचिव कृष्ण प्रसाद पोखरेलको गर्नुभएको थियो ।

महोत्सवबाट गुल्मी जिल्लाको घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्व पुर्ण भुमिका रहको वाणिज्य संघ गुल्मीका महासचिव पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित