बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

जाजरकोटमा विकास बजेट खर्च निराशाजनक, आर्थिक बर्ष सकिन लाग्दा २२ प्रतिशत मात्रै खर्च

दैनिक नेपाल २०७१ चैत १३ गते ९:४५

Paisa– बीरबहादुर गिरी
जाजरकोट १३ चैत
पहाडी जिल्ला जाजरकोटमा विकास बजेट खर्च निरआसाजनक देखिएको छ । समयमा बजेटको अख्तियारी नआउने र काम छिटो नगर्ने प्रबृतिले विकास बजेट खर्च निरआसाजनक देखिएको हो । विकास बजेट खर्च नहुँदा जिल्लाको विकास निर्माण कार्य अलपत्र परेको छ ।

आर्थिक बर्ष सकिना ३ महिना बाँकी रहदा कुल बजेटको २२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको जिल्ला विकास समितिले जनाएको छ । मन्त्रालय विभागबाट ढिलो गरी अख्तीयारी आउनाले बजेट खर्चमा समस्या भएको जिल्ला विकास समितिका सूचना अधिकृत गंगबहादुर आरसीले बताए ।

‘पहिलो अख्तियारी ढिला आउछ त्यसपछि स्थानीय स्तरमा उपभोक्त समिति गठन र सम्झौता गर्न ढिला हुने कारणले विकास निर्माणको काम ढिलो हुन्छ’ सूचना अधिकृत आरसीले भने ।

आर्थिक बर्ष २०७१/०७२ को कुल स्वीकृत बजेट ६९ करोड ५४ लाख ९ हजार ६ सय ९८ मध्ये फाल्गुन अन्तिमसम्म १५ करोड २९ लाख ९ हजार १ सय ३१ रुपैया मात्रै खर्च भएको छ ।

यसरी समयमा विकास बजेट खर्च नहुदा जिल्लाको विकास निर्माण प्रक्रिया प्रभाबित हुने गरेको छ । नीतिगत, प्राबिधिक र ब्यबहारिक ढिलासुस्तीले भौतिक पूर्बाधार तथा सामाजिक सुरक्षा विकास कार्यक्रम जिल्लामा प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेको नागरिक समाजका समन्वय समितिका संयोजक राजेन्द्र बिक्रम शाह बताउछन् ।

यो आर्थिक बर्षको चालु र पुँजीगत दुबै तर्फको बजेट खर्च निकै कम भएको छ । चालु तर्फ ३० करोड ४५ लाख १ हजार ८ सय ४३ रुपैया खर्च हुन सकेको छैन । त्यस्तै पुँजीगत तर्फ ६१ लाख बढी बजेट खर्च नभएको जिविस लेखा शाखाले जनाएको छ । यसरी बजेट खर्च ढिलाईले मिलेमतोमा काम नगरी बजेट खर्च देखाउने प्रबृतिलाई बढवा दिने आशंका देखिएको स्थानीयको भनाई छ ।

‘समय हुँदा हुन्न, समय सकिना लाग्दा कामको हतारो कार्यालयले गर्छन कसरी गुणस्तरीय काम गर्न सकिन्छ ?’ निर्माण ब्यबसायी संघ जाजरकोटका अध्यक्ष तेजबिक्रम शाहले प्रश्न गरे ।

आर्थिक बर्षको अन्तिम चौमासिक सम्म कतिपय विकास योजनाको काम शुरु मात्रै गरिएका छन भने कतिपय शुरु नै हुन सकेका छैनन । काम ढिलो गर्नाले बर्षेनी लाखौं रकम काम नगरेर नै दुरुपयोग हुने गरेको छ ।

त्यस्तै जिल्लाको विकासको लागि आएको लाखौं रकम विकास बजेट काम नभएर फ्रिज हुने गरेको छ । विकास निर्माणका लागि स्थानीय स्तरमा हुने राजनीतिक खिचातानी र विकासे कार्यालयको लापरबाहीले जिल्लाको समग्रम विकास प्रभाबित हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित