बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

देवेन्द्रप्रताप शाह नेपाल बैंकका नयाँ सिईओ

दैनिक नेपाल २०७१ चैत १२ गते १७:२८

nepal-bankकाठमाडौँ, १२ चैत । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्रप्रताप शाह नियुक्त हुनुभएको छ ।

बैंक सञ्चालक समितिको आजको बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैंकले सम्हालेको थियो ।

देशकै पहिलो बैंकको वित्तीय सुधारमा सकारात्मक परिवर्तन आएकाले राष्ट्र बैंकले व्यवस्थापनबाट हट्ने निर्णय गरेपछि नयाँ नियुक्ति भएको हो । शाह कृषि विकास बैंकका पूर्व महाप्रबन्धक हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित