शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

तामाकोसी आयोजनाको काम सूचारु, मजदुर आन्दोलन स्थगित

दैनिक नेपाल २०७१ चैत १२ गते १०:४१

tamakoshi-upperदोलखा, १२ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरको माग गर्दै आयोजनामा कार्यरत मजदुरहरुले सुरु गरेको आन्दोलन स्थगित भएको छ ।

द्विपक्षीय वार्तामा सहमति भएपछि मजदुर युनियनले आन्दोलन केही समयको लागि स्थगन गरेको हो ।

आन्दोलनरत सिनो हाइड्रोअन्र्तगतको नेपाल बिजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियनका अध्यक्ष सोनाम सेर्पालगायतका मजदुर युनियनका प्रतिनिधि र आयोजना सञ्चालक समितिका प्रतिनिधिबीच आजको सात दिनभित्र सेयर दिने विधि तय गर्न विशषेज्ञसहितको कार्यदल बनाई ३० दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएपछि मजदुरले आन्दोलन स्थगन गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनामा कार्यरत मजदुरले प्रतिव्यक्ति पाँच सय कित्ताको दरले सेयर पाउनुपर्ने मागसहित गत फागुन २९ गतेदेखि काम बन्द गरी आन्दोलन गर्दै आएका थिए । मजदुर र निर्माण कम्पनीबीच सहमति भएपछि  आयोजनाको काम सुरु भइसकेको छ ।

मजदुरहरु आन्दोलनमा उत्रिएपछि आयोजनाको बाँधस्थल, सुरुङमार्ग, विद्युत्गृहका काम अवरुद्ध भएको थियो । आयोजनामा कार्यरत ८५० मजदुर आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित