काठमाडौं, १२ चैत । देशैभरका एफएम रेडियोहरुको नवीकरण अब सम्बन्धित जिल्लामा रहेका हुलाक कार्यालयबाट गर्न सकिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले नयाँ कार्यविधि बनाएर एक सय वाटसम्म क्षमता भएका एफएम रेडियोको नवीकरण गर्ने अधिकार क्षेत्रीय तथा जिल्लाका हुलाक कार्यालयलाई प्रत्यायोजन गरेको हो ।
यसअघि अब एक सय वाटसम्म क्षमता भएका एमएमहरुले आफ्नो नवीकरण, प्रत्येक आर्थिक वर्षको लेखापरीषत तथा रोयल्टी बुझाउनुपर्ने काम क्षेत्रीय हुलाक निर्देशनालयले र ७० वटा जिल्ला हुलाक कार्यालयबाट सकिने भएको छ ।
यसअघि एफएमहरुले मन्त्रालयमै आएर नवीकरण गर्ने तथा रोयल्टी बुझाउनुपर्ने व्यवस्था रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
मन्त्रालयले ९ चैतको मन्त्रीस्तरीय निर्णयबाट ‘एफएमहरुको नवीकरण गर्नेसम्बन्धी कार्यविधि ०७१’ पारित गर्दै सेवालाई विकेन्द्रीकरण गरेको हो ।















प्रतिक्रिया