१ कार्तिक २०८३, आइतबार

हस्पिटलको कफी शप एण्ड क्याफेमा शिलबन्दी, खाने कुरामा मरेको झिङ्गा र लामखुट्टे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Emergency Service Building, TUTH, Maharajgunjकाठमाडौ, १२ चैत । सरकारी अनुगमन टोलीले खानेकुरामा झिङगा भन्केको र मरेको मच्छर डुबेको भेटपछि टिचिङ हस्पिटलमा रहेको कफी शप एण्डक्याफेमा शिलबन्दी गरेको छ ।

बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकत्वमा उपभोत्ता अधिकार अनुसन्धान मन्च र प्रहरी सहितको टोलीले गरेको अनुगमनमा क्याफे शिलबन्दी गरेको हो ।

यसअघि सुधार गर्न दिएको निर्देशन पालना नगरेको र किचन अत्याधिक फोहर भेटिएकोले बन्द गरेको विभागले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

‘अनुगमनको क्रममा पहिलाको निर्देशन पालना भएको देखिएन । दहिमा भिङ्गा र लामखुट्टे मरेको भटिएको थियो । किचन गन्हाएको थियो’, विभागका अनुगमन शाखा निर्देशक हरि नारायण बेल्बासेले भने, ‘क्यान्टिन सन्चालकले सुधार नगरुन्जेल बन्द हुन्छ ।’

उनले अस्पताल प्रशासनको सहित रोहवरमा क्यान्टिनको सम्पूण कारोबार रोक्का गरेको बताए ।

सन्चालकले सुधार गरेको अस्पताल प्रशासनले अनुरोध गरे मात्रै शिलबन्दी खुला गरिने विभागले जनाएको छ ।

यसका लागि नयाँ पूवर्धार बनाउनु पर्ने विभागले जनाएको छ ।

‘यथास्थितिमा सन्चालन गर्न अनुमति दिन मिल्दैन । सुधार गरेको अस्पाताल प्रशासनले अनुरोध गरे बल्ल खुल्ला गछौ’, बेल्बासेले भने, ‘यसका लागि नया पूवर्धार बनाएर सन्चालन गर्नुपर्छ ।’

यस्तै, क्याफेमा म्याद नाघेको, लेबल नभएका सामान बिक्री गरेको फेला परेको थियो । उत्पादित सामानमा बजार मुल्य, उपभोग्य मिति उल्लेख भएकालाई लेबल भनिन्छ ।

यसबाट उपभोक्ता आफूले उपभोग गर्ने सामानबारे विस्तृत जानकारी पाउछन् । तर लेवल नहुदा उपभोक्तबाट यो सुचनाबाट बन्चित हुन्छन् ।

यसअघि विभागले पुसमा गरेको अनुगमनमा पनि म्याद नाघेको, लेबल नभएको सामन बेचेको, सरसफाई नगरेको लगायत कैफियत भेटिएको थियो ।

त्यसक्रममा अनुगमन टोलीले सुधार गर्न निर्देशन दिएको थियो । तर, विभागले दिएको निर्देशनको व्यवसायीहरुले व्यवास्था गरेको पाइएको छ ।

अनुगमन टोलीले कान्तिबाल अस्पतालको गुजेश्वरी होटल प्रालि र कान्ति स्टोरमा पनि अनुगमन गरेको छ ।

त्यसक्रममा सन्चालकले जथाभावी मुल्य लिने गरेको, म्याद नाघेको सामान, लेवल नभएका सामान बिक्री गरेको फेला परेको थियो ।

तीनीहरुलाई सुधार गर्न निर्देशन दिइएको छ ।

‘कान्ति हस्पिटलको होटल र स्टोरमा पनि धेरै लापरवाही गरेको छ । भाडा बढी तिरेको नाममा जथाभावी मुल्य लिने गरेको पाइयो’, बेल्बासेले भने, ‘होटल र स्टोरका सन्चालकलाई सुधार गर्न निर्देशन र बयानका लागि विभागमा बोलाएका छौ ।’

यस्तै, होटलले व्यवसाय दर्ता, प्यान दर्ता र अस्पतालसग भएको सम्झैता पत्र केही देखाउन नसकेकाले ७ दिनभित्र सबै प्रमाण सहित विभागमा पेस गर्न निर्देशन दिइएको छ ।

सन्चालकले सुधार नगरे फलोअप अनुगमनमा शिलबन्दी गरिने विभागले जनाएको छ ।

यस्तै, अस्पतालका ड्यूटी अफिसर रमेश नरसिह केसीको रोहवरमा अनुगमन गरी सुझाव कार्यन्वयनका लागि फलोअप गर्न निर्देशन दिइएको बेल्बासेले बताए ।

यस्तै, कान्ती स्टोरका सन्चालकलाई पनि सामन बढि मुल्यमा नबेच्न,म्याद नाघेको र लेबल नभएको सामान बिक्री नगर्न निर्देशन दिइएको छ ।

अस्पताल जस्ता सम्बेदनशिल क्षेत्रमा म्याद नाघेको, लेवल नभएको खाद्य प्रदार्थ भेटिनु उपचार गराउन जाने थप बिरामी हुने सम्भावना रहेको उपभोत्ताबादीहरु बताउछन ।

ठगी गर्ने व्यवसायीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने उनीहरु बताउछन ।

यस्तै, अनुगमन टोलीले महाराजगन्जमा रहेको गौरीशकर भोजनालय एण्ड खाजा घर,बि.एण्ड वि. तन्दुरी भोजनालय, न्यु पाथिभारा तन्दुरी भोजनालयमा पनि अनुगमन गरेको थियो ।

उनीहरुलाई सरसफाइमा बिशेष ध्यान दिन निर्देशन दिइएको विभागले जनाएको छ ।