बुधबार, २९ असोज २०७६
DainikNepal.com
बुधबार, २९ असोज २०७६

मुस्ताङबाट बीस लाखको ओखर निर्यात

दैनिक नेपाल २०७१ चैत ११ गते १७:२२

okarमुस्ताङ, ११ चैत । हिमाली जिल्ला मुस्ताङबाट यो सिजनमा २० लाख रुपैयाँको ओखर निर्यात भएको छ ।

जिल्लाको कोबाङ र टुकुचे गाविसबाट २०० किलो ओखर निर्यात भएको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।

“उत्पादन भएको मध्ये ९५ प्रतिशत जिल्ला बाहिर निर्यात हुन्छ” अधिकृत अधिकारीले भन्नुभयो ।

जिल्लाबाट म्याग्दी, पर्वत, बागलुङ, कास्कीको पोखरा र काठमाडौँलगायतका क्षेत्रमा ओखर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कोबाङमा व्यक्तिगत र टुकुचेमा सहकारीमार्फत ओखरखेती भइरहेको छ ।

तल्लो मुस्ताङको लेते, कुञ्जो, मार्फा र मुक्तिनाथ क्षेत्रमा पनि ओखरखेती विस्तार गरिएको छ । ओखरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ ।

“जिल्लामा तीन हजार बढी ओखरका बिरुवा छन्” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो । जिल्लामा दाँते जातको ओखरको उत्पादन राम्रो हुन्छ । भदौको अन्तिम सातादेखि किसानले रुखबाट ओखर सङ्कलन गर्दछन् । रासस

प्रतिक्रिया
सम्बन्धित