२९ आश्विन २०८३, बिहिबार

फ्रान्समा यात्रुवाहक विमान दुर्घटना, १५० व्यक्तिको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airbus-A320पेरिस ११ चैत । स्पेनबाट जर्मन जाँदै गरेको जर्मनविङसको एयरबस ए ३२० विमान फ्रान्सको एल्पस पर्वतमालामा मङ्गलबार दुर्घटनाग्रस्त भएको छ ।

फ्रान्सका सहायक यातायात मन्त्री एलाइन भिडालिज सो विमानमा यात्रा गरिरेहेका कोही पनि जीवित नरहेको जानकारी दिनुभएको छ ।

स्थानीय समयाअनुसार १०ः४७ मा विमानबाट आपतकालीन सुचना दिएलगत्तै सो दुर्घटना भएको जनाइएको छ । उक्त समयमा सो विमान पाँच हजार फिट उचाइमा रहेको बताइएको छ ।

जर्मनविङसका अनुसार सो विमानमा छ चालक दलका सदस्य र १४४ यात्रु रहेका थिए । स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसेलडोर्फतर्फ गईरहेको सो विमान दुर्घटनाको फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होलेयान्डले पनि पुष्टि गर्नुहुँदै विस्तृत विवरण प्राप्त नभएको बताउनुभएको छ ।

लुफ्थान्सा एयरको सहायक कम्पनी जर्मनविङस वजेट एयरलाइन्समा पर्दछ । रासस /एएफपी