काठमाडौं, ११ चैत । नेताहरुको कार्य विभाजन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज दिउँसो नेताहरुको कार्यविभाजनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएको बताउँदै आजको बैठकले टुङ्गो लगाउने बताउनुभयो ।
आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन ।
आन्तरिक तयारी नपुगेको भन्दै मंगलबारको एमाले स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।












प्रतिक्रिया