१४ कार्तिक २०८३, शनिबार

केपी ओलीले भने-‘आगलागी पीडितलाई तत्काल राहात देउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बेलुका ताप्लेजुङको फुङलिङ बजारस्थित तोक्मेडाँडामा भएको आगलागीबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गर्नभएको हो ।

उहाँले फुङलिङ बजारस्थित तोक्मेडाँडामा भएको भीषण आगलागीमा ४४ घर नष्ट हुनाका साथै १६२ घरपरिवार विस्थापित भएको खबरले आफू र सिङ्गो पार्टी स्तब्ध भएको बताउँदै पीडित परिवारका लागि उचित क्षतिपूर्ति र उनीहरुलाई बासस्थानको व्यवस्थाका साथै तत्काल राहत उपलब्ध गराउन अनुरोध गर्नुभएको हो ।

आगलागी पीडितका लागि एमालेले पनि सहयोग गर्ने अध्यक्ष ओलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।