१ कार्तिक २०८३, आइतबार

जेठको अन्तिम साता हुने कोरियन भाषा परीक्षामा सात हजार युवा उत्तीर्ण हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriya EPS Nepalकाठमाडौ, ११ चैत । दक्षिण कोरियाको मानव संशाधन विकास (एचाआरडी) ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उत्तीर्ण गर्ने भएको छ ।

यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ ।

कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत वर्ष भन्दा करिब दोब्बर बढी उतीर्ण गराउन लागेको छ ।

गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको कारोवार दैनिकले छापेको छ ।

ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् ।

यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ ।

काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् ।

नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रम सम्झौता भई सन् २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् ।