१ कार्तिक २०८३, आइतबार

अस्पतालमा अनशन नबस्न डिनको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda KCकाठमाडौं, ११ चैत । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डीन डा. राकेश श्रीवास्तवले अनसनरत डा।गोविन्द केसीलाई कुनै पनि विरोध कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।

केसीको चौथो आमरण अनशनबाट इन्स्टिच्यूट अफ मेडिकल (आईओएम) को डीन बनेका श्रीवास्तावले त्यस्तो निर्देशन दिएका हुन।

श्रीवास्तवले आफ्नो सूचनाको अवज्ञा हुन गएमा त्यसबाट पर्न जाने असरको जिम्मेवारी केसीले नै लिनुपर्ने चेतावनी समेत दिएका छन्।

‘मैले उहाँले नेतृत्व गरे संस्था धराशायी हुनबाट बच्न सक्छ भन्दै आवाज उठाएको थिएँ, संस्थागत रुपमा उहाँले त्यसो भन्नु भएको होला यसलाई अस्वभाविक ठान्न मिल्दैन, मेरो मागप्रति सकारात्मक हुनुहुन्छ जस्तो लाग्छ’ केसीले अनशनस्थलबाटै मंगलबार भने, ‘मेरा जायज मागलाई कुल्चन भने म दिन्न, मर्ने पर्छ भने पनि तयार छु तर बिरामीको सुरक्षितरुपमा स्वास्थ्य सेवा पाउने अधिकार हनन हुन दिन्न।

श्रीवास्तवले केसीलाई विरोधका कार्यक्रम नगर्न निर्देशन दिएको पत्रमा भनिएको छ, ‘विगतमा तपाईंले गर्नुभएको आमरण अनसन र पहिले जस्तै विरोधका कार्यक्रम गर्न लाग्नु भएको छ भन्ने पत्रपत्रिका र तपाईंको अन्तर्वार्ताबाट जानकारी हुनआएको छ, तपाईंले उठाउनु भएको मागहरुका सम्बन्धमा वार्ताबाट सम्बोधन गर्न उपयुक्त हुने स्पष्ट पार्न चाहन्छु।’

उनले डा.केसीको अनसनले क्याम्पसको शैक्षिक कार्यक्रम र त्रिवि शिक्षण अस्पताल तथा वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र मनमोहन काडिर्योथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरेको सेवा प्रभावित हुने भन्दै विरोधका कार्यक्रम नगर्न निर्देशन दिएका हुन।

केसीको मागलाई संवोधन गर्दै वरिष्ठता र अनुभवका आधारमा सरकारले गत २०७० माघ २९ गते डा. राकेश श्रीवास्तव डिन नियुक्त गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यतिबेला श्रीवास्तवले केसीका सबै माग पूरा नभएसम्म पदबहाल नगर्ने समेत घोषणा गरेका थिए। तर आज उनै केसीलाई सहयोग गर्न नहुने मनस्थितिमा पुगेको स्रोत बताउँछ।