१ कार्तिक २०८३, आइतबार

जथाभावी विषादी विक्री गर्ने व्यवसायीलाई एक लाखसम्म जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisadi Kisanकाठमाडौं, ११ चैत । आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन बन्न थालेको छ ।

जीवनाशक विषादी ऐन २०४८ संशोधन गरेर सरकारले यस्तो प्रावधान राख्न लागेको हो ।

व्यापारीले प्रतिबन्धित विषादी आयात गरेर किसानलाई जथाभावी बेचेको भेटिए ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र पहिलोपल्ट ६ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रावधान ऐनमा राख्न लागिएको छ ।

आयातकर्ता र बिक्रेताले आफूखुसी विषादी भित्र्याएर किसानलाई अनियन्त्रित रुपमा बेचेका कारण पछिल्लो समय हरियो तरकारीमा बढी विषादी अवशेष भेटिएको र त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको भन्दै सरकारले ऐन संशोधन गर्न लागेको नागरिक दैनिकले छापेको छ ।