२९ आश्विन २०८३, बिहिबार

१४२ यात्रु बोकेको जर्मन एयरलाइन्सको विमान दुर्घटना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airbus-A320काठमाडौं, १० चैत । १४२ यात्रु बोकेर जर्मनीतर्फ उडेको यात्रुवाहक विमान फ्रान्समा दुर्घटना भएको छ ।

स्पेनको बार्सिलोनाबाट आज साझ ५ बजे जर्मनको डसेलडोर्सका लागि उडेको यात्रुवाहक विमान दुर्घटनामा परेको हो ।

विमानमा चालकदलका ६ सदस्य सहित १४८ जना रहेका छन् । विमान दक्षिणी फ्रान्सको जिन्योमा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुर्घटनाग्रस्त विमानको अवशेष दक्षिणी फ्रान्सको बार्सिलोनेट नामको सानो सहर नजिकै भेटिएको फ्रान्सका अधिकारीहरुले बताएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।