काठमाडौं, ९ चैत । पैतीस वर्षदेखि पर्यटकहरूमाझ लोकप्रिय रहेको कोपुण्डोल उचाइमा अवस्थित तीनतारे होटलमा मुलुकका दुई प्रतिष्ठित औद्योगिक समूह साझेदारका रुपमा थपिएका छन् ।
समिट समूहले एनई समूह र चौधरी समूहलाई साझेदारका रुपमा भित्र्याएको घोषणा गर्दै तीन समूहको लगानीमा अब ८० वटा कोठा थपिने र अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराउने जनाएको छ । त्यसनिम्ति तीनवटै साझेदारले रु एक अर्ब ५० करोड लगानी गर्ने उद्घोष पनि गरेका छन् ।
समिट समूहका अध्यक्ष अमृतरत्न शाक्य र एनई समूहका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठले मौजुदा ८५ कोठाले पर्यटकको माग पूरा गर्न नसकेको जानकारी दिँदै कोठा र सुविधा थपिने बताउनुभयो ।
होटल व्यवस्थापनलाई अझ व्यवस्थित एवम् स्तरीय तुल्याउन विदेशी विज्ञसमेत ल्याइने जानकारी दिँदै उहाँहरूले हाल त्यहाँ कार्यरत १६५ जना कर्मचारीलाई पनि दक्ष तुल्याउन आवश्यक तालिमको व्यवस्था गरिने बताउनुभयो ।















प्रतिक्रिया