३० आश्विन २०८३, शुक्रबार

चितवनमा चैतेधानको उत्पादनमा बृद्धि हुने संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्दिप भट्ट
चितवन, ८ चैत । यसबर्ष चितवनमा चैते धानको उत्पादन बृद्धि हुने संकेत देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार गतवर्षको तुलनामा धान खेती गर्ने क्षेत्रफल बढेकाले उत्पादन बढ्ने अनुमान छ ।

गतवर्ष चितवनमा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाईएकोमा १६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने यसवर्ष चितवनमा ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपाई हुने भएकाले उत्पादन बढ्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनका सुचना अधिकृत सन्तोषराज पौडेलले जानकारी दिए ।

कृषकहरुको निजी प्रयास तथा कृषि विकास कार्यालयले भुमिगत जलसिँचाई आयोजना तथा केही गैरसरकारी आयोजनाबाट डिप तथा स्यालो ट्युव ओएलबाट सिँचाईको विकास गरिएकोले चैते धान खेतीको विस्तार भएको उनले बताए ।

रोग तथा किराहरु कम लाग्ने, धेरै उत्पादन हुने, छिटो पाक्ने हुनाले पनि कृषकहरु यसखेती तर्फ आकर्षित भएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेको भनाई रहेको छ ।

चितवनमा पूर्वी चितवनको भण्डारा, कुमरोज, कठार, पिप्ले, बछौली चैते धानको मुख्य क्षेत्र हुन् भने पश्चिम चितवनको मेघौली, गीतानगरका केही भागमा पनि चैते धान लगाईन्छ ।

त्यस्तै, माडीको सिँचित केही भागमा धान लगाईने कार्यालयले जनाएको छ । चितवनमा हर्दी नाथ १ जात धेरै लगाईन्छ भने चैते २, ३, ४ र विन्देश्वरी तथा पिआर १ सय १ नामक चैते धानको जात बढि लोकप्रिय रहेको छ ।

चितवनमा चैत अन्तिसम्म चैते धान रोप्ने गर्दछन्, जसको लागि माघ देखी नै किसानहरुले विउ राख्ने गर्दछन् ।