२९ आश्विन २०८३, बिहिबार

चिट चोराउने एकसय पक्राउ, यसरी चोराउछन् चिट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hitingनयाँदिल्ली, ८ चैत । पूर्वी भारतीय राज्य बिहारमा गत शनिबार उच्च माध्यमिक विद्यालय तहको परीक्षामा चिट चोराउनेहरूको भिडलाई नियन्त्रण गर्ने प्रहरीले लाठी चार्ज र हवाई फायरसमेत गरेको छ ।

केन्द्र सरकारको मानव संसाधन विकास मन्त्री उपेन्द्र कुशवाहाले बिहारका परीक्षा केन्द्रहरुबाट लगभग एकसय जनालाई चिट चोराएको अभियोगमा पक्राउ गरेको र बिहार सरकारबाट यसबारे प्रतिवेदन माग गरिनेसमेत जनाउनुभएको छ ।

समाचारस्रोतले जनाएअनुसार बिहार राज्यको वैशाली र भोजपुर जिल्लामा प्रहरीले हवाई फायर गर्दा कोही पनि घाइते भएका छैनन् ।

एbihar cheeting2क टेलिभिजन प्रशारणमा मानिसहरू अग्ला अग्ला परीक्षा केन्द्रका पर्खाल चढी झ््यालबाट परीक्षार्थीहरूलाई उत्तरपुस्तिका र चिटहरू दिइरहेको दृष्य देखाइएपछि यस समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय मुख्य समाचार बनी सनसनीपूर्वक फैलिएको थियो ।

इन्डोनेसियन समाचार सेवाले जनाएअनुसार वैशाली जिल्लाको हाजीपुर क्षेत्रमा अवस्थित परीक्षा केन्द्रहरूमा चिट चोराउनेहरूको थामी नसक्नु भिड जम्मा भएपछि
तितर बितर पार्न प्रहरीलाई हवाई फायर गर्नु परेको थियो ।

पटना उच्च न्यायलयले अघिल्लो दिन परीक्षा केन्द्रहरूमा चिट चोराउन नदिने व्यवस्था गर्न आवश्यक परेजति सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएपछि प्रहरीले कारबाही सुरु गरेको थियो । रासस/सिन्ह्वा

cheating-1_