३० आश्विन २०८३, शुक्रबार

लघु जलबिद्युतले अछामको छविस क्षेत्र समृद्ध बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdi– कालु बोहरा
अछाम, ८ चैत । अछाम जिल्लाको छविस क्षेत्रमा बिभिन्न उद्यमशिल गतिविधिहरु सञ्चालन हुन थालेपछि छविस क्षेत्रले आर्थिक समृद्धिको बाटो पहिल्याउन थालेको छ ।

छविस क्षेत्रका दर्ना र सुतार र शान्तडा गाविस तथा गज्जडबजारमा स्थानियले लघु उद्यम सञ्चालन गरी आर्थिक उपार्जन गर्न थालेका छन् । आरडिएससी डोटीको केही सहयोगमा जिल्लाको दर्ना गाविसमा ८३ किलो वाटको लघु जलबिद्युत उत्पादन भएपछि गाविसमा कुटानी, पिसानी, पेलानी उद्योगहरु, सञ्चालन भईरहेका छन् ।

यस्तै गाविसमा चाउमिन उद्योग निर्माणधिन अवस्थामा रहेको रहेको छ । जसबाट स्थानियलाई रोजगारको अवस्था सिर्जना भईरहेको छ ।
यस्तै बिद्युतसेवा सुचारु भईसकेपछि मलातिकोटको गज्जड बजारमा कम्प्यूटर सेन्टर सञ्चालन हुनुका साथै कुटानी, पिसानी, पेलानी उद्योगहरु पनि सञ्चालन भईरहेका छन्  ।

आरडिएससी डोटीले बिद्युत उत्पादनमा मात्र नभई उल्लेखित लघुउद्यमका क्रियाकलाप सञ्चालनका लागि सहयोग प्रदान गरेपछि स्थानिय थप जागरुक भएका छन् ।

दर्ना लघु जलबिद्युत परियोजनाले उत्पादन भएको ८३ किलो वाट मध्ये ४० देखी ४५ किलोवाट सम्म मात्र प्रयोगमा आईरहेको परियोजनाका उपाध्यक्ष धन बहादुर रावतले बताउनुभयो ।

गाविसमा लघु उद्यमका गतिविधीहरु सञ्चालन भएमा बिद्युत पनि सदुपयोग हुने र जनताको आय स्तर पनि बृद्धि हुनसक्ने उहाँले बताउनुभयो ।

आयोजना ऋणमा भएपनि ५ जनाले प्रत्यक्ष रोजगार पाएको उहाँको भनाई रहेको छ । यस्तै भटाकाटिया गाविसमा हाते कागज उद्योग पनि सञ्चालनमा रहेको छ ।

नेपाली कागज उत्पादन गर्दै आएका उद्योगका सञ्चालक नरेन्द्र साउँदले आफ्नो उद्योगमा ५ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५० औं जनाले रोजगार पाएको बताउनुभयो ।

त्यसैगरी सुतार गाविसमा कैलाश खोला तेस्रो लघुविद्युत आयोजना सञ्चालनमा आएपछि मुजाबगर बजारमा पनि लदु उद्यमका दर्जनौ क्रियाकलापहरु सञ्चालन भईरहेका छन् ।

बजारमा फोटो स्टुडियो, मसाला उद्योग, सिलाई कटाई सेन्टर, कम्प्युटर सेन्टरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रका जनताहरुको आर्थिक अवस्था समेत सुध्रिदै गरेको स्थानियले बताएका छन् ।

बिद्युत उत्पादन भएपछि लघु उद्यमबाट स्थानियलाई महत्वपूर्ण सहयोग भईरहेको दर्ना गाविसका स्थानिय लघु उद्यमी चक्र शाहले बताउनुभयो । लघुउद्यम सञ्चालन गर्दा बिद्युत महसुल केही बढी हुँदा आफुहरु समस्यामा पर्ने गरेको उहाँको भनाई रहेको छ ।

कृषि क्षेत्रसंग आवद्ध किसानहरुका लागि कच्चा पदार्थ उत्पादनमा यस क्षेत्रसंग सम्वन्ध राख्ने निकायको खाँचो रहेको उहाँले औल्याउनुभयो । छविस क्षेत्रका आधा दर्जन बढी गाविसहरुमा बिभिन्न निकायको सहयोग तथा स्थानियको सक्रियतामा ८ वटा साना जलबिद्युत सञ्चालन आईसकेका छन भने एक निर्माणाधिन अवस्थामा रहेको छ ।

बिभिन्न संघ संस्था तथा गाविसको सहयोग तथा स्थानियको सक्रियतामा बिद्युत उत्पादन भई प्रयोगमा आउनथालेपछि स्थानिय जनता पनि आर्थिक उपार्जनका क्रियाकलापमा लागेका हुन् ।

राष्ट्रिय बिद्युत लाईन जोडिएको अछाम सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर लगायत बजार क्षेत्रमा लोडसेडिङले अन्धकार छाईराख्दा पनि छविस क्षेत्र झिलिमिली देखिने गरेको छ ।