काठमाडौं, ८ चैत । दक्षिण कोरियामा न्यूनतम ज्याला बढाउन चौतर्फी माग भएपछि चालू आर्थिक वर्षमै केही प्रतिशत बढ्ने संकेत देखिएको छ ।
आर्थिक तथा मूल्यवृद्धिलगायतका विभिन्न सूचकांकका आधारमा न्यूनतम तलब बढाउन देशभर माग भएपछि सरकार लचिलो देखिएको हो ।
मागअनुरुप तलब बढे स्वदेशी र आप्रवासी न्यून आय भएका २७ लाखभन्दा बढी श्रमिक लाभान्वित हुनेछन् ।
राष्ट्रपति पार्क गनु ह्ये प्रशासनले उपभोक्ता मूल्यमा भएको वृद्धिले न्यून आय भएका मजदुरको जीवनयापनमा कठिनाइ उत्पन्न भएको धारणा राख्दै यो वर्ष थप सात प्रतिशत ज्याला बढाउनुपर्नेमा जोड दिइएको छ ।
कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वानले पनि ज्याला बढाइने बताएका छन् ।
श्रमिक वर्गमा बजार मूल्यको नराम्रो प्रभाव परेको बताउँदै उनले बजार मूल्यअनुसार श्रमिकका मागलाई ध्यान दिनुपर्ने बताएको कारोबार दैनिकले छापेको छ ।















प्रतिक्रिया