काठमाडौं, ८ चैत । राजधानीको चाबहिलदेखि बाग्मती दोभानसम्मको धोबीखोला करिडोर सडक निमार्णमा ३० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ ।
पाँच वर्षअघि सुरु १५ किलोमिटर सडक निमार्णमा नियमविपरित उपभोत्तल समिति परिचालन गरेर उक्त रकम अनियमित ढंगले खर्च गरिएको खुलासा भएको हो ।
स्रोतका अनुसार आर्थिक वर्ष ६९–७० मा २६ करोड १८ लाख रुपियाँको निमार्ण उपभोक्ता समितिमार्फत खर्च गरिएको कान्तिपुर दैनिकले छापेको छ ।
उक्त वर्ष आयोजनाका लागि ३४ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।















प्रतिक्रिया