काठमाडौं, ८ चैत । राजधानीका अस्पतालहरुमा दिनहुँ ४ जना स्वाइन फ्लुका संक्रमितहरु आईसीयु वा भेन्टिलेटरमा पठाइने गरेको छ ।
स्वाइन परीक्षणका निम्ति राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा दिनहुँ आउने नमुनामध्ये सरदर ४ वटा आईसीयु वा भेन्टिलेटरमा उपचाररत बिमारीहरुको हुनेगर्छ ।
स्वाइन फ्लु गर्मीसँगै घट्नुपर्ने हो, तर अझै कम भएको छैन् जनस्वास्थ्थ प्रयोगशालाका एक विज्ञले भने, दिनहुँ ३ देखि ४ जनासम्म त आईसीयु वा भेन्टिलेटरकै संक्रमितको परीक्षण गर्छौ ।
सरकारी तथ्थांक अनुसार मुलुकमा गत बिहीबारसम्म प्रयोगशालामा प्रमाणित संक्रमितको संख्या ३ सय २७ पुगेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया