१ कार्तिक २०८३, आइतबार

पूर्व अधिकाराजकुमारीद्वारा सम्पत्ति माग गरेर प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prerana-shahकाठमाडौं, ८ चैत । मन्त्रिपरिषद्को नेतृत्व गरेकाले विभिन्न सरकारी निकायमा पदेन अध्यक्ष र संरक्षक छन् प्रधानमन्त्री सुशील कोइराला ।

तिनै एउटा हो, राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थित गर्न गठन गरिएको नेपाल ट्रस्टको संरक्षकको जिम्मेवारी ।

यही जिम्मेवारीका कारण प्रधानमन्त्री कोइरालाविरुद्ध २५ माघमा सर्वोच्च अदालतमा एउटा रिट परेको नेपाल साप्ताहिकले छापेको छ । रिट दायर गरेकी हुन् पूर्वअधिराजकुमारी प्रेणा राज्यलक्ष्मी सिंहले ।

तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई विवाहमा काठमाडौं १५ मा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर दाइजो दिएका थिए ।

तर, त्यो घरजग्गा राजा वीरेन्द्रको भएको ठहरसहित मन्त्रिपरिषद्ले ७ असोज ०६७ को बैठकले नेपाल ट्रष्ट अन्तर्गत ल्याउने गरिदियो ।

अहिले पूर्वराजा ज्ञानेन्द्रकी छोरी र नेपाल ट्रष्टबीच बिजयावासको स्वामित्वलाई लिएर कानुनी लडाँइ भइरहेको छ ।